सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा डेढ करोडमा खुल्यो ‘चिकेन स्टेशन’

२०७८ असार २७, ११:२१ खबर संवाददाता

धनगढी: धनगढीको व्यस्त सहर। त्यसैमा झन व्यस्त हुन्छ निर्माण सम्पन्न भइरहेको धनगढी–अत्तरिया ६ लेन सडक। चिल्लो सडकको छेउमै देखिन थालेको छ एउटा स्टेशन। त्यो नयाँ स्टेसनले आरामसँग बसेर कुखुराको तारेको नयाँ परिकार चखाउँछ। झण्डै चार वर्षअघि ललितपुरको झम्सीखेलबाट सुरु भएको चिकेन स्टेसन अब धनगढीमा पनि विस्तार भएको छ। 

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा ३४ औँ फ्रेन्चाइजका रुपमा चिकेन स्टेशन सञ्चालनमा आएको हो। जीवन बिमा क्षेत्रमा लामो समयदेखि कार्यरत तथा सामाजिक कार्यमा सक्रिय युवा मदन भट्टले झण्डै डेढ करोडको लगानीमा चिकेन स्टेशन सञ्चालन ल्याएका हुन्। आइतबार बिहान चिकेन स्टेशनको सुन्दर सुदूरपश्चिमका अभियान्ता तथा व्यवसायी गोपाल हमालले उद्घाटन गरे। 

सुदूरपश्चिममै ‘फ्रेञ्चाइज आइटम’ पस्किनका लागि चिकेन स्टेशन सञ्चालनमा ल्याएको भट्टले बताए। उनले भने, ‘पारिवार वातावरणसहितको रेस्टुरेन्टको धनगढीमा आवश्यकता थियो। चिकेन स्टेशन सञ्चालनमा आएपछि पूर्ती भएको छ।’ चिकेन स्टेशनमा चाइनिज, इन्डियन, तन्दुर, मुगलसहित भेज परिकार पाइने भट्टले बताए। होम डेलिभरीको सुविधासमेत रहनेछ।

देशभरिमा रहेका चिकेन स्टेसनको जस्तै ग्राहकलाई खुवाउने खाजाको परिकार, मूल्य, गुणस्तर धनगढीमा पनि उपलब्ध हुने भट्टले बताए। स्टेसनका लागि आवश्यक सेफ अहिले केन्द्रीय चिकेन स्टेसनले परिचालन गरेको छ।

 

कमेन्ट लोड गर्नुस