सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप दुई हजार १६९ जनामा कोरोना भाइरस सङ्क्रमण

२०७८ असार २६, १०:४२ रासस

काठमाडौँ: पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार १६९ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या छ लाख ५४ हजार २१२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ४१७ जनामा कोरोना परीक्षण गरिएकोमा ती सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घन्टामा एक हजार ४३२ जना सङ्क्रमित निको भएका छन्। योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या छ लाख १६ हजार ३६१ पुगेको छ। कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको छ।

योसँगै हालसम्म नेपालमा नौ हजार ३६२ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ। 

कमेन्ट लोड गर्नुस