सुदूरपश्चिममा शनिबार कोरोना भाइरसबाट मृत्यु हुनेकाे संख्या शून्य, ४१ जनामा संक्रमण पुष्टि

धनगढीः सुदूरपश्चिम प्रदेशमा शनिबार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ।
पछिल्लो २४ घण्टामा ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ। त्यस्तै ४७ जना संक्रमित निको भई घर फर्किएका छन्।
पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशभरी ६ सय ६८ नमुना परीक्षण गरिएकोमा ४१ जनामा संक्रमण पुष्टि भएको हो।
डडेल्धुरा अस्पतालमा ७ जना र सेती अस्पतालमा ३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ।

