सृजनाका फूलहरु

-लक्षिराम आचार्य
जीवन लामो छ
कैयौं पहाड छिचोलियो
सैयौं बाँकी नै होलान
जीवनका गोरेटोमा ।
एक पत्थर मुन्छे म
भावुकताको समिप
पुग्न खोज्छु
तर बजारिन्छु
उजाड पत्थरहरु मै ।।
नियाल्न खोज्छु
जिन्दगीलाई
छिद्रहरुबाट
अदम्य साहस भरेर
जिवनका सपनाहरु
सपना मै किनारा लाग्छन्
मरुभूमि र समुन्द्र छुटिए झै ।।
तर पनि म जैबिक मानव
खोला र समुद्र
किनाराको एक
बटुवा माझिले झै
नियाली रहन्छु
तिमिलाई जिन्दगी ।।
जहाँ ह्वेल माछाले
जीवन संघर्ष गरिरहन्छ
जैविक संसारका
हरेक भौतिक अस्त्र
सँग प्रतिरोध गर्दै
जिन्दगी जीवनभर
बाँचिरहन्छ
त्यसैले जिन्दगी
जनमभर संघर्ष गरिरहन्छ ।।
हरेक मोडहरुमा
उ ठोक्किन्छ, बजारिन्छ
बजारिँदा बजारिँदै
उ एक नयाँ आयाम
बनेर बनेर भौतिक जिवनमा
ठिङ्ग्रिङ उभिने
जैबिक मानव बन्छ ।।
भत्काई दिन्छ उसले
उजाड पर्खालहरु
जहाँ पाइलाहरु
जंजिरले रोक्ने गरिन्छ ।।
जीवनलाई उसले
एक नवीन उर्जा थप्छ
फलाउछ धर्तिमा
असंख्य सृजनाका फूलहरु ।।

