सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा चरिरहेका राँगा–भैँसी भारतीयले लगेर गएपछि...

२०७८ असार २६, ०३:३३ खबर संवाददाता

कञ्चपुर: प्रहरीले कञ्चपुरबाट लगिएका राँगा र भैंसी फिर्ता ल्याएर किसानलाई बुझाएको छ। शुक्रबार जिल्लाको बेल्डाडी गाउँपालिका–५ स्थित शुक्लाफाटा राष्ट्रिय निकुञ्ज नजिकै सीमा स्तम्भ नं.७८७ मा चरिरहेका राँगा र भैंसी ५ जनाको भारतीय समूहले लगेर गएका थिए। उनीहरुले भैंसी गोठाला गएका १८ वर्षीय अरुण उपाध्यायलाई डर त्रास देखाएर१३ भैंसी तस्कर गर्न लगेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर जनाएको छ। 

उक्त सूचना पाएपछि बिओपी झिलमिलाबाट सशस्त्र प्रहरी निरीक्षक योगेन्द्र भण्डारीको कमाण्डमा खटिएको टोली, प्रहरी चौकी झिलमिलाबाट प्रहरी नायव निरीक्षक रामबहादुर बोहराको कमाण्डमा खटिएको टोली र स्थानीयले भारतीय सीमा सुरक्षा बल(एसएबी) तथा  भारतीय प्रहरी तथा टटारगञ्ज पंचायतका प्रधान सतननाम सिहंसँग समन्वय गरी भैंसी फिर्ता ल्याइएको हो।

उनीहरुले नेपाली सीमाबाट करिब ८ किलोमिटरको दूरीमा रहेको पिलिभितको धुलिया पलियाघाटमा १२ वटा मात्रै भैंसी र रांगा फेला पारेका थिए। तर चोरहरु भने फरार भएको सशस्त्र प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस