सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका यातायात व्यवसायी आन्दोलित

२०७८ असार २६, १२:४९ खबर संवाददाता

कञ्चनपुर: कोरोना महामारीका कारण जारी निषेधाज्ञाका कारण धरासायी भएको यातायात व्यवसाय जोगाउनुको सट्टा कर तिर्न ताकेता गरिरहेको भन्दै सुदूरपश्चिमका यातायात व्यवसायी आन्दोलित भएका छन्। 

शुक्रबार कञ्चनपुरमा सुदूरपश्चिम प्रदेशस्तरीय यातायात कम्पनी प्रालिहरुको संयुक्त भेलाले संघर्ष समिति समेत गठन गरेको छ। कञ्चनपुरको महाकाली यातायात बहुउद्देश्यीय प्रालिका अध्यक्ष डम्मरराज पन्तको अध्यक्षतामा संघर्ष समिति गठन गरिएको हो। भेलामा सहभागी १५ वटै कम्पनी र मजुदुर संघसस्थाहरु सदस्य रहने गरी संघर्ष समिति चयन गरिएको छ। 

उक्त भेलाले सवारी चालक तथा सह–चालकलाई अनिवार्य कोरोना विरुद्धको खोप दिनुपर्ने, प्रदेश स्तरमा सवारी आवागमन खोलिनुपर्ने र लकडाउन समयको बैंक ब्याज मिनाह गर्नुपर्ने लगायतका माग सरकार समक्ष राख्ने निर्णण गरेको संघर्ष समिति अध्यक्ष पन्तले बताए। 

साथै उनले ती माग सम्बोधनका लागि प्रदेश प्रमुख र सम्बन्धित जिल्ला अधिकारीलाई मागपत्र बुझाइने बताए।  

भेलामा यातायात व्यवसायी र यातायात क्षेत्रमा कार्यरत मजदुरहरुले सरकारले गरेको लकडाउका कारण भोग्नुपरेका समस्यहरुको बारेमा छलफल गरेका थिए।

कमेन्ट लोड गर्नुस