सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा चौपायासँग स्कुटर ठोक्किँदा दुई जना घाइते

फाइल फोटो
फाइल फोटो
२०७८ असार २६, ०७:४८ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा छाडा पशु चौपायासँग स्कुटर ठोक्किँदा दुई जना घाइते भएका छन्।

घाइते हुनेमा जिल्लाको भीमदत्त नगरपालिका -४ का ३३ वर्षीय स्कुटर चालक परवीर माइती र पछाडी सवार ३६ वर्षीय जनक सुनार रहेका छन्। शुक्रबार राति साढे आठ बजे बजारबाट सुकासालतर्फ जाँदै गरेको सुपप्र ०२००३प १७७८ नम्बरको स्कुटर शिव मन्दिर नजिक छाडा पशु चौपायासँग ठोकिएर दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

घाइते दुवैजनालाई महाकाली अस्पतालमा सामान्य उपचारपछि धनगढीस्थित सेती प्रादेकि अस्पताल रेफर गरिएको प्रहरीले बताएको छ। उनीहरुको अवस्था सामान्य रहेको र स्कुटर वडा प्रहरी कार्यालय महेन्द्रनगरको नियन्त्रणमा रहेको बताइएको छ। 

कमेन्ट लोड गर्नुस