नेपाल भित्र्याउदै गरेको अवैध सामानसहित २ जना पक्राउ

कञ्चनपुर: कञ्चनपुरमा नेपाल भित्र्याउदै गरेको अवैध सामानसहित २ जना पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर तथा मातहत बोर्डर आउट पोष्ट ब्रह्मदेव, खल्लामछेट्टीबाट खटीएको पैदल सीमा गस्ति टोलिले सीमा ईलाकामा गस्ती गर्ने क्रममा सामानसहित २ जनालाई पक्राउ गरेको हो।
निषेधाज्ञा उल्लघंन गरी अवैध रुपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको १ लाख ४५ हजार ९ सय मुल्य बराबरका हार्डवयरका सामान, चिनी, युरिया मल, प्लाष्टिक, सुर्ति, बिडी, किराना सामान र २ जना व्यक्तिसहित काठ बरामद गरेको गणले जनाएको छ।
आवश्यक कानुनी कारवाहीको लागि सामान कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी, काठ र व्यक्ति डिभिजन बन कार्यालय महेन्द्रनगरमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ।

