सेती अस्पतालमा सुत्केरीको मृत्यु, डाक्टरले लापरवाही गरेको आरोप
सेती अञ्चल अस्पतमा एक सुत्केरीको मुत्यु भएपछि चिकित्सकहरुले लापरवाही गरेको आरोप लागेको छ। कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–११ झलारी कि २२ बर्षीय तुल्सी धामीको बच्चा जन्माएको २ दिनमा मृत्यु भएपछि चिकित्सहरुले लापरवाही गरेको आरोप लागेको हो। सुत्केरी व्यथा लागेपछि १४ गते बिहान सेती अञ्चल अस्पताल ल्याईएकोमा उनले १५ गते शल्यक्रियाबाट बच्चा पाएकी थिईन्।
बिहान साढे १० बजे बच्चा जन्मिएपछि उनलाई आईसियुमा भर्ना गरियो। उनका श्रीमान दिपक धामीले ‘३ दिन अगाडि अस्पताल पु¥याउँदा व्यथा नलागेको र अवस्था सामान्य रहेको चिकित्सकले बताएको बताए। तर आज दिउँसो ३ बजे चिकित्सकहरुको लापरवाहीकै कारण उनको मृत्यु भएको उनको आरोप छ।
सेती अञ्चल अस्पतालमा चिकित्सहरुले अस्पताल भन्दा पनि नीजी मेडिकलमा ध्यान दिँदा धेरैले अकालमै ज्यान गुमाउन परेको गुनासो उनको छ। परिवारले आज शव बुझेको छैन।
अस्पतालले सो घटनाको विषयमा अहिले केहि बोल्न मानेका छैन्। आईतबार बिहान १० बजे अस्पताल प्रसाशन र पिडित पक्ष बसेर छलफल गर्ने तयारी छ। तुल्सीले पाएको छोरा भने सकुसल छन्।


