पहिरोका कारण अवरुद्ध जयपृथ्वी राजमार्ग खुल्यो

२०७८ असार २५, ०२:२५
बैतडी: पहिरोका कारण अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग सुचारु भएको छ। सडकमा खसेको पहिरो पन्छ्याएपछि राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए।
बिहीबार राती खसेको पहिरोका कारण राजमार्गको खोड्पे–श्रीभावर सडक खण्ड अन्तगर्त बैतडीको ढोल्यामोडमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो।


कमेन्ट लोड गर्नुस