सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा भरुवा बन्दुकसहित दुईजना पक्राउ

२०७८ असार २५, ११:३४ खबर संवाददाता

धनगढी: बैतडीमा प्रहरीले एकनाले भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिका -१ सकारका ३८ वर्षीय लक्ष्मण भट्टराई र ३६ वर्षीय नारदप्रसाद भट्टराई रहेका छन्। उनीहरुलाई बिहीबार बराइल रौटे जंगलबाट फर्किरहेको अवस्थामा बन्दुकसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भईरहेको र हातहातियार तथा खरखजना ऐन अनुसार कारबाही हुने प्रहरी निरीक्षक राजेश शाहीले बताए। 
 

कमेन्ट लोड गर्नुस