किसान बजार सञ्चालनमा आएपछि कृषक खुशी

किसानको उत्पादनलाई प्रवद्र्धन गर्न किसान बजार सञ्चालनमा आएपछि गोरखाका कृषक खुशी भएका छन। स्थानीयस्तरमा उत्पादित कृषिजन्य सामग्री कृषक आफैँले बजारमा पु¥याएर बिक्री गर्न पाउँदा कृषक उत्साहित भएका हुन। जिल्लाको शहीद लखन गाउँपालिका–३ को रामशाहघाट बजारमा सञ्चालनमा आएको बजारबाट हरेक हप्ताको शनिबार कृषिजन्य उत्पादन कृषक आफैँले ल्याएर बिक्री गर्न थालेका गाउँपालिकाका कृषि शाखा प्रमुख विजय पौडेलले बताए। “कृषि उत्पादनलाई बढवा दिन गाउँपालिकाले कार्यक्रम नै बनाएर किसान बजार सञ्चालनमा ल्याएको हो”, प्रमुख पौडलले भने, “यसले गर्दा किसानलाई पनि आफ्नो उत्पादन कहाँ बिक्री गर्ने भन्ने समस्या हँुदैन ।”
रासस

