सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुक्लाफाँटा चार वर्षमा दश हजार पर्यटक

। फोटो स्रोत ।
२०७५ कार्तिक १७, ०३:२०

विश्वकै दुर्लभ बाह्रसिङ्गाको झुण्ड देख्न पाइने कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा वृद्धि हुन सकेको छैन। बितेको चार वर्षमा १० हजार ४ सय ४५ आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गरेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत गोपाल घिमिरेले बताए। 
दुई हजार ३ सय भन्दा बढी बाह्रसिङ्गा देख्न पाइने शुक्लाफाँटामा मुलुककै सबैभन्दा ठूलो ५५ वर्गकिलोमिटर फैलिएको विशाल घाँसे मैदानसमेत रहेको छ। जैविक विविधता, बाघ, गैँडा, हात्ती, चित्तललगायतका वन्यजन्तु र सयौँ प्रजातिका चराचुरुङ्गीले भरिपूर्ण यस निकुञ्जमा सोचे जति पर्यटक भने अवलोकनका लागि आउँदैनन्। छिमेकी मुलुक भारतको राजधानी नयाँदिल्लीसमेत दूरीका हिसाबले नजिक पर्छ शुक्लाफाँटा तर पश्चिमका गड्डाचौकी भएर नेपाल प्रवेश गर्ने पर्यटकको रोजाइ पोखरा, चितवन र बर्दियालगायतका स्थान परेपनि शुक्लाफाँटाका बारेमा पनि कमै जानकार हुने गरेको अध्यागमन कार्यालय गड्डाचौकीका निमित्त कार्यालय प्रमुख पदमराज भट्टले बताए।

रासस 
   

कमेन्ट लोड गर्नुस