अभिनेत्री जेनी कुँवर मृत फेला
२०७८ असार २४, १०:४०
काठमाण्डौः अभिनेत्री जेनी कुँवरले आत्महत्या गरेकी छन्। बिहिबार राति उनले काठमाडौँको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा आत्महत्या गरेको प्रहरीले जनाएको छ।
उनी सनराइज सिटीको अपार्टमेन्टमा बस्दै आएकी थिइन्।
निर्मात्रीसमेत रहेकी उनले ‘जिन्दगानी, मैदान, जीवनदाता, कानुन, अभिमन्यु, विन्तिपत्र, मलाई माफ गरिदेऊ लगायतका फिल्ममा अभिनय गरेकी थिइन्।
कमेन्ट लोड गर्नुस