सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा २ लाख मूल्य बराबरको भन्सार छलीका समान बरामद

२०७८ असार २४, ०४:४१ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुर प्रहरीले २ लाख मूल्य बराबरको अवैध भन्सार छलीका सामान बरामद गरेको छ। 

जिल्लाको भीमदत्त नगरपालिका–४ पुरानो बसपार्कबाट ४३ हजार २ सय मूल्य बराबरको कपडा र पुर्नवास नगपालिका–दशरथ बस्तीबाट १ लाख ५८ हजार बराबरको सुर्ति र बुलेट मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ। 

बरामद २ लाख १ हजार २ सय मूल्य बराबरका सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताए। 

कमेन्ट लोड गर्नुस