फेरि बढ्यो बैतडीमा कोरोना संक्रमण

बैतडी: बैतडीमा कोरोना संक्रमण ह्वात्तै बढेको छ। बिहीबार मात्रै जिल्लामा ३० जना कोरोनाका बिरामी थपिएका छन्। बुधबार ६ जनामा कोरोना देखिएकोमा बिहीबार ३० जना थपिएका हुन्।
स्वास्थ्य कार्यालय बैतडीका अनुसार पछिल्लो २४ घण्टामा भएको कोरोना परीक्षणमा दोगडाकेदार गाउँपालिकाका १७ जना, दशरथचन्द नगरपालिका र पुर्चौडी नगरपालिका २/२ जना, सिगास गाउँपालिका, मेलौली नगरपालिका, पाटन नगरपालिकाका १/१ जना, बझाङका ६ जना र मुगुका जिल्लाका १ जना गरी थप ३० जनामा कोरोना पुष्टि भएको हो।
बिहीबार ३० जना संक्रमित थपिएसँगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको सङख्या १ सय २२ पुगेको छ। हेलचेक्र्याइँ गरे फेरि संक्रमण बिकराल बन्ने भन्दै स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गर्न आग्रह गरेका छन्।


