सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा पहिरोले च्यापेर २ जनाको मृत्यु

२०७८ असार २४, ०१:३८ खबर संवाददाता

धनगढी: दार्चुलाको नौगाड गाउँपालिकामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ। नौगाडको वडा नम्बर ३ जामिरमा बुधबार रातीको बर्षाका कारण आएको पहिरोले च्यापिएर दुई जनाको ज्यान गएको दार्चुला प्रहरीले जनाएको छ।

जामिरका स्थानीय नन्दु ठगुन्नाकी ७२ वर्षीर्या आमा गेउडी ठगुन्ना, र उनकी नातिनी ३ महिनाकी मन्जरी ठगुन्नाको पहिरोमा च्यापिएर मृत्यु भएको दार्चुला प्रहरीका डिएसपी मनोहर भट्टले जानकारी दिए।

उनका अनुसार नन्दु ठगुन्नाको २ तला भएको चार कोठे दुई वटा घरमध्ये १ वटा घर पुर्ण रुपमा क्षतिग्रस्त भएको छ। यस्तै पहिरोले च्यापेर गाईवस्तु बेपत्ता भएका छन्। बर्षाका कारण लघु जलविद्युतमासमेत क्षती पुगेको थियो।

कमेन्ट लोड गर्नुस