सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा डेढ करोडको लगानीमा खुल्यो ‘चिकेन स्टेशन’

२०७८ असार २४, १०:०२ खबर संवाददाता

धनगढी : सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा चिकेन स्टेशन सञ्चालनमा आउने भएको छ। झण्डै डेढ करोडको लगानीमा धनगढीमा चिकेन स्टेशन सञ्चालनमा आउने भएको हो।

जिवन बिमा क्षेत्रमा लामो समयदेखि कार्यरत तथा सामाजिक कार्यमा सक्रिय युवा मदन भट्टले चिकेन स्टेशन सञ्चालन ल्याउने लागेका हुन्। २७ गते चिकेन स्टेशनको उद्धघाटन हुने भट्टले बताए। सुदूरपश्चिममै पहिलोपटक ‘फ्रेञ्चाइज आइटम’ पस्किने तयारी रहेको सञ्चालक भट्टले जानकारी दिए।

मुख्यतः काठमाडौँबाट सञ्चालित चिकेन स्टेशन सुदूरपश्चिममा विस्तार गर्ने लक्ष्यका साथ धनगढीमा शाखा विस्तार गरिएको उनले बताए। चिकेन स्टेशनमा चाइनिज, इन्डियन, तन्दुर, मुगलसहित भेज परिकार पाइने भट्टले बताए। होम डेलिभरीको सुविधासमेत रहनेछ। चिकेन स्टेशनका नेपालमा ४० शाखा छन्। 

No photo description available.

कमेन्ट लोड गर्नुस