सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा स्काइभेटर दुर्घटना, चालकको मृत्यु

२०७८ असार २३, ०६:४९ खबर संवाददाता

दार्चुला: दार्चुलामा स्काइभेटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको अपिहिमाल गाउँपालिका वडा नम्बर ५ मकरीगाड तिङलास्थित कच्ची सडकखण्ड अन्तर्गत मकरीगाड हाड्रोपावर कम्पनीको स्काइभेटर मेसिन दुर्घटना हुँदा चालकको मृत्यु भएको दार्चुला प्रहरीले जनाएको छ।

सडक सफा गर्ने क्रममा बुधबार साँझ चार बजे सुपप्र ०१०० क १६०४ नम्बरको स्काइभेटर दुर्घटना हुँदा शैल्यशिखरको आग्रा बस्ने  २८ वर्षिय विशन रावलको मृत्यु भएको प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए।

दुर्घटनामा घाइते भएका रावललाई उपचारको लागि मार्मास्थित लटिनाथ स्वास्थ्य चौकी ल्याउदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ।

कमेन्ट लोड गर्नुस