सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा दुई हजार ९७९ जनामा कोरोना सङ्क्रमण पुस्टि

२०७८ असार २३, ०६:२६ रासस

काठमाडौँ: पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार ९७९ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ।

योसँगै अहिलेसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या छ लाख ५० हजार १६२ पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ८९८ जनाको नमूना परीक्षण गर्दा दुई हजार ९७९ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ।

मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मुलुकभर सात हजार ८३५ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा दुई हजार ७७ जनामा र चार हजार ६३ जनाको एन्टिजेन परीक्षण गर्दा ९०२ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ।

पछिल्लो २४ घण्टामा एक हजार ३३३ सङ्क्रमणमुक्त भएका छन्। यस अवधिमा २८ जनाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको छ। देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २३ हजार ७५६ रहेको छ। सक्रिय सङ्क्रमितमध्ये संस्थागत आइसोलेसनमा दुई हजार ७८८ छन्। 

यसैगरी ५७१ आइसियूमा र १६१ जना भेन्टिलेटरमा बसेर उपचार गराइरहेका छन्। नेपालमा हालसम्म कोरोना निको हुनेको सङ्ख्या छ लाख १४ हजार ३२७ पुगेको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या नौ हजार २९१ भएको छ।

देशभर ३३ लाख ९१ हजार ३७९ नमूनाको पिसिआर परीक्षण गरिएको छ। क्वारेन्टिनमा ३२३ जना रहेका छन्। आइसोलेसनमा रहनेको सङ्ख्या २६ हजार ५४४ छ। 

कमेन्ट लोड गर्नुस