सुदूरपश्चिममा बुधबार काेराेना भाइरसबाट मृत्यु हुनेको संख्या शून्य, १२ जना निको

धनगढीः सुदूरपश्चिम प्रदेशमा बुधबार कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्य रहेको छ।
यस्तै पछिल्लो २४ घण्टामा १२ जना संक्रमित निको भई घर फर्किएका छन्।
पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशभरमा ७९५ नमुना परीक्षण गरिएको छ। जसमध्ये ४४ जनामा संक्रमण पुस्टि भएको छ।

डडेल्धुरा अस्पतालमा १ जना, सेती अस्पतालमा २१ जना, बैतडी अस्पतालमा ४ जना र महाकाली अस्पतालमा गरिएको परीक्षणमा २ जनामा संक्रमण पुस्टि भएको स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ।