सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा अनशन बसेका लेन्थवर्करको पारिश्रमिक भुक्तानी गर्न संसदमा माग

२०७८ असार २३, ०४:४८ खबर संवाददाता

धनगढीः बैतडीका लेन्थवर्करहरुको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गरिएको छ। सुदूरपश्चिम प्रदेश सभा सदस्य संसद लीलाधर भट्टले उनीहरुको पारिश्रमिक समयमै उपलब्ध गराइदिन सरकार समक्ष आग्रह गरेका हुन्।

बुधबार सुदूरपश्चिम प्रदेशको आठौँ अधिवेशनको २३औँ बैठकमा बोल्नै भट्टले उनीहरुको पारिश्रमिक भुक्तानी गरिदिन माग गरेका छन्।

पाटन–पञ्चेश्वर सडक खण्डमा काम गर्दै आएका लेन्थवर्करहरु बिगत ५ दिनदेखि पाटनको जिरो प्वाइन्टमा अनशनरत छन्। उनीहरुले विगत २१ महिनादेखि ज्याला नपाएको भन्दै गत शुक्रबारदेखि अनशन बसेका हुन्।  

पारिश्रमिक पाउँ भन्दै अनशन बसेका मध्ये एक जना लक्ष्मी पन्त अनशनस्थलमै बेहोस भएकी थिइन्। उनलाई अस्पताल भर्ना गरिएको छ। 

कमेन्ट लोड गर्नुस