सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुला प्रहरी बालविवाह न्यूनिकरणका लागि अभियान सञ्चालन गर्दै

२०७८ असार २३, ०१:२८ खबर संवाददाता

धनगढी: जिल्ला प्रहरी कार्यालय दार्चुलाले बालविवाह न्यूनिकरणका लागि अभियान सञ्चालन सुरु गरेको छ। जिल्लाका ९ वटै स्थानीय तहमा जनचेतना फैलाउने गरी मंगरबारबाट अभियान सुरु भएको हो।

दुर्गम बस्तीहरुमा बालविवाह भइरहेको छ भन्ने गुनासो आउन थालेपछि अभियान नै चलाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताए। अभियान सञ्चालनपछि बालविवाह न्यूनिकरण हुने उनको विश्वास छ।
 

कमेन्ट लोड गर्नुस