सुदूर नेपाललाई विश्वसँग जोड्दै

अभिनेत्री रक्षा श्रेष्ठ बनिन् आमा, २ महिनापछि सार्वजनिक गरिन् छोरी

२०७८ असार २३, १२:१३ खबर संवाददाता

काठमाडौं: अभिनेत्री रक्षा श्रेष्ठ आमा बनेको खुलेको छ। उनी आमा बनेको खबर २ महिनापछि सार्वजनिक भएको हो। उनले आफू एक छोरीको आमा बनेको आफ्नो जन्मदिनको अवसरमा बुधबार मात्रै सार्वजनिक गरेकी हुन्।

बुधबार उनले आफ्नो छोरीको तस्बीर सार्वंजनिक गर्दै आफू आमा बनिसकेको बताएकी छन्। यसअघि रक्षाले आफू आमा बनेको जानकारी कसैलाई दिएकी थिइनन्। यद्यपि सामाजिक संजाल र केही मिडियामा भने उनले छोरा पाएको भन्दै चर्चा थियो।

सोही समाचारको खण्डन गर्दै रक्षाले आफू आमा बनेको खबर बाहिर नल्याइ नै छोरा जन्माएको भन्दै भ्रामक समाचार छापिएको उनले बताएकी छन्। उनले आफ्नो छोरीको तस्बीर समेत बुधबार नै सार्वजनिक गरेकी छन्।

उनले आफ्नो छोरीको नाम माहिरा गुरुङ राखेको पनि बताएकी छन्। रक्षा लामो समय देखि हास्य टेलिश्रींखलामा अभिनय गर्दै आएकी छन्।

कमेन्ट लोड गर्नुस