सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा एक पुरुष मृत फेला

२०७८ असार २३, १०:०१ खबर संवाददाता

धनगढीः बैतडीमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको दशरथ चन्द नगरपालिका वडा नम्बर १ गुरुखोला,मुडापका ४३ वर्षीय गणेशसिंह भाट मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार भाट आफ्नै घरको धुरीमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख तथा प्रहरी नायव उपरीक्षक  सुरेन्द्र पालले बताए।

कमेन्ट लोड गर्नुस