सुदूर नेपाललाई विश्वसँग जोड्दै

बलिउडका ‘ट्रयाजेडी किङ’ दीलिपकुमारको निधन

२०७८ असार २३, ०८:५१ खबर संवाददाता

काठमाडौँ: बलिउडमा ‘ट्रयाजेडी किङ’ उपनाम पाएका बलिउड अभिनेता दीलिपकुमारको निधन भएको छ। 

भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनी जुन ३० मा मुम्बईको हिन्दुजा अस्पताल भर्ना भएका थिए। ९८ वर्षीय दीलिपकुमारको बुधबार उपचारका क्रममा निधन भएको हो। देवदास (१९५५), नयाँ दौर (१९५७), मुघल–ए– आजाम (१९६०), गंगाजमुना(१९६१) लगायतका फिल्ममा अभिनय गरेका उनले फिल्म क्षेत्रमा ६ दशक बिताएका थिए। 

पाकिस्तानको सबैभन्दा उच्च नागरिक सम्मान निशान–ए–इम्तियाजबाट समेत सम्मानित भएका दीलिपकुमारले पद्म विभुषण, पद्म भुषण र दादासाहेव फाल्के अवार्ड पाएका थिए। वास्तविक नाम युसुफ खान भएका दीलिपकुमारले ६५ बढी चलचित्रमा अभिनय गरेका छन्।
 

कमेन्ट लोड गर्नुस