सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा ट्रयाक्टर दुर्घटना, सहचालकको मृत्यु

२०७८ असार २३, ०८:०९ खबर संवाददाता

धनगढी: बैतडीमा ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। 

जिल्लाको मेलौली नगरपालिका -५ स्थित भित्रि सडकखण्डमा से२त २५८१ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा पञ्चेश्वर गाउँपालिका -५ का ३१ वर्षीय सहचालक राज बहादुर चन्दको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। 

दुर्घटना मंगलबार राति ११ बजे भएको र दुर्घटनामा ट्रयाक्टरमा सवार सोही ठाउँका ३५ वर्षीय डम्बर चन्द सामान्य घाइत भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख बामदेव गौतमले बताए। 

चालक डडेल्धुराको परशुराम नगरपालिका -५ का ४७ वर्षीय मान बहादुर ठगुन्नालाई इलाका प्रहरी कार्यालय पसदेही मेलौलीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनले बताए।

कमेन्ट लोड गर्नुस