सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा मिठाई चोरी गरेर भागेका दुई युवक बझाङबाट पक्राउ

२०७८ असार २३, ०७:२५ खबर संवाददाता

धनगढी: कञ्चनपुरको एक बेकरीबाट मिठाई चोरी भागेका बझाङका दुई युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बझाङको बित्थडचिर गाउँपालिकाका २० वर्षीय डम्बर खड्का र १९ वर्षीय हरीश खड्का रहेका छन्। उनीहरु दुवै जनालाई उक्त गाउँपालिकाको वडा नम्बर २ स्याडीबाट चोरी गरेको सामानसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

यही असार १९ गते उनीहरुले कञ्चनपुरको भीमदत्त नगरपालिका -१० भुजेलास्थित दर्शन बेकरी एण्ड सप्लायर्सबाट १५ पेटी सोना पापडी र १५ पेटी मिठाई चोरी गरेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए।

डम्बर र हरीशलाई जिल्ला प्रहरी कार्यालय बझाङसँगको समन्वयमा पक्राउ गरिएको र कञ्चनपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए। 

कमेन्ट लोड गर्नुस