सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका एक युवकको भारतमा मृत्यु

२०७८ असार २३, ०६:१५ खबर संवाददाता

धनगढी: कञ्चनपुरका एक युवकको भारतमा मृत्यु भएको छ।

जिल्लाको बेलौरी नगरपालिका -४ मोतीपुरका ३४ वर्षीय केशवराज जोशीको सडक दुर्घटनामा परी मृत्यु भएको बताइएको छ।

भारतको जम्मुमा काम गर्दै आएका उनको दुर्घटनामा परी मृत्यु भएको घटनापश्चात् जम्मु गएका बेलौरीकै राम प्रसाद काफ्लेले बताए।

काफ्लेले जम्मू–कुंजवानी बाईपास रोडमा आइतबार दिउँसो २ बजेतिर जेके ०२ भि ६८९७ नम्बरको पानीको ट्याङ्करले ठक्कर दिएका जोशीको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो। 


 

कमेन्ट लोड गर्नुस