सरकार चाहियो बोलको गीत सार्वजनिक

धनगढी: सरकार चाहियो बोलको गीत सार्वजनिक भएको छ।
संचारकर्मी सतीश चापागाईको ‘सरकार चाहियो’ बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको हो।
शब्द संगीत शिशिर योगीको रहेको छ भने गीतको संगीत संयोजन बीबी अनुरागीले र मिक्सिन माष्टरिंग श्याम श्वेत रसालीले गरेका छन्।
मिलन श्रेष्ठले सम्पादन गरेको म्युजिक भिडियोको निर्देशन रामजी ज्ञवालीले गरेका हुन्।
म्युजिक भिडियोमा बरिष्ठ कलाकार सुरवीर पण्डित र रश्मी भट्टराईसँगै पछिल्लो समय चर्चामा रहेका जिवि चिरन लगायतको अभिनय रहेको छ।

