अवरुद्ध महाकाली लोकमार्ग खुल्यो

२०७८ असार २२, ०५:३२
दार्चुला: पहिरोका कारण अवरुद्ध बनेको महाकाली लोकमार्ग खुलेको छ। दार्चुलाको शैल्यशिखर नगरपालिका ६ ग्वानीको दुधौलीगाड र पनेबाजमा खसेको पहिरो पन्छ्याएपछि सडक खुलेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख प्रहरी निरीक्षक अरुण बमले जानकारी दिए।
सडक खुलेसँगै रोकिएका यातायातका साधन पनि गन्तव्यतर्फ लागेका छन्।


कमेन्ट लोड गर्नुस