सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्थानीयद्वारा कञ्चनपुरको बिचवा–राजघाट सडकखण्ड अवरुद्ध

२०७८ असार २२, ०५:०१ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित बिचवा–राजघाट सडकखण्ड स्थानीयले अवरुद्ध पारेका छन्।

खल्डाखुल्डी र अव्यवस्थित सडकको मर्मतसम्भार गर्नुपर्ने माग गर्दै स्थानीयहरूले मंगलबार दिउँसोदेखि सडकमा सबै सवारीसाधनहरूको आवातजावतमा रोक लगाएका हुन्। 

कृष्णपुर नगरपालिका वडा नम्बर ८ र ९ को बीचमा पर्ने कृषि सडकमा टिप्परले खाल्डाखुल्डी बनाएको स्थानीयले गुनासो गरेका छन्। 

वडा नम्बर ८ का स्थानीय काशिनाथ सुवेदीले घुँडासम्म खाल्डाखुल्डी भएकोले हिँडडुल गर्न समस्या भएको र पानी परेको बेला थप समस्या हुने बताए। खाल्डाखाल्डी पुरेर भएपनि तत्काल समस्याको समाधान गर्नुपर्ने उनको भनाई छ। 

प्रदेश सरकार र स्थानीय सरकारले तत्काल सडक मर्मत नगरेसम्म सडक अवरुद्ध पार्ने  स्थानीयहरूले बताएका छन्।
 

कमेन्ट लोड गर्नुस