सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा जङ्गली हात्तीको बथानसँग ११ जना साइकलयात्रीको जम्काभेट

२०७८ असार २२, ०१:४८ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा जङ्गली हात्तीको बथानसँग ११ जना साइकलयात्रीको जम्काभेट भएपछि उनीहरु साइकल छोडेर भागेका छन्।

जिल्लाको बेलौरी नगरपालिका -७ कुण्डास्थित जङ्गल क्षेत्रमा सोमबार साइकलमा सवार त्यहाँका स्थानीयको हात्तीको बथानसँग जम्काभेट भएपछि साइकल छोडेर भागेका हुन्।

शुक्लाफाँटा वन्यजन्तु आरक्षसंगै जोडिएको कुण्डा सडक खण्डको सो बाटो भएर सोमबार साँझ पौलाहाबाट शोभाताल जाँदै गर्दा हात्तीको बथानसँग उनीहरुको जम्काभेट भएको इलाका प्रहरी कार्यालय बेलौरीले बताएको छ।

उनीहरुले साइकल छोडेर त्यहाँबाट भागेको बताएका छन्। प्रहरी निरीक्षक कमल कुमार खड्काका अनुसार क्षतिको यकिन विवरण आउन बाँकी छ भने सो क्षेत्रमा आवतजावत गर्दा सजगता अपनाउन भनिएको छ। 

कमेन्ट लोड गर्नुस