सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको बेलौरी वितरण केन्द्रलाई ध्यानाकर्षण पत्र

२०७८ असार २२, ११:३३ खबर संवाददाता

धनगढी: कञ्चनपुरको बेलौरी वितरण केन्द्रलाई राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन कञ्चनपुरले ध्यानाकर्षण पत्र बुझाएको छ।

सोमबार गर्मीमा बारम्बार विद्युत कटौती हुन थालेको भन्दै अनेरास्ववियुका केन्द्रीय सदस्य हेमन्त रेग्मी (हेप्पी) लगायतको हस्ताक्षरसहितको ध्यानाकर्षण पत्र वितरण केन्द्र प्रमुख रमेश बन्जाडेलाई बुझाइएको हो।

मौसम सफा रहेको अवस्थामा पनि अनियमित विद्युत कटौती हुँदा कञ्चनपुरको दक्षिणी क्षेत्रका स्थानीयले हैरानी खेप्नु परेको भन्दै खबरदारीमा उत्रिएको केन्द्रीय सदस्य रेग्मीले बताए।

कमेन्ट लोड गर्नुस