सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा २५ र २६ गते भेरोसेल खोप लगाइने

२०७८ असार २२, १०:४५ खबर संवाददाता

धनगढी: दार्चुलामा यही असार २५ र २६ गते कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ।

सोमबार जिल्ला कोभिड १९ खोप अनुगमन तथा समन्वय समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो।

दार्चुलामा भेरोसेल खोपको पहिलो मात्रा १४ सय ९५ जनाले लगाएको बताइएको छ। जिल्लाका २० वटा खोप केन्द्रबाट कोरोनाविरुद्धको पहिलो खोप लगाइएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस