नेपालमा थप दुई हजार ६२२ मा काेराेना सङ्क्रमण पुष्टि
काठमाण्डौँ: पछिल्लो समय नेपालमा आज थप दुई हजार ६२२ मा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सात हजार ४९९ नमूनाको पिसीआर परीक्षण गर्दा एक हजार ७४५ र चार हजार २८ एन्टिजेन परीक्षण गर्दा ८७७ गरी दुई हजार ६२२ मा कोरोना सङ्क्रमण देखिएको हो।
हालसम्म छ लाख ११ हजार ४२९ कोभिड–१९ बाट मुक्तभई घर फर्किएका छन्। पछिल्लो २४ घण्टामा देशभर दुई हजार २११ सङ्क्रमित निको भएर घर फर्किएका छन्। हाल देशभर रहेका २५ हजार ६९० सक्रिय सङ्क्रमितमध्ये २२ हजार ९९८ होम आइसोलेशनमा रहेका छन् । यस्तै संस्थागत आइसोलेशनमा दुई हजार ६९२ रहेका छन् । तीमध्ये ५७१ जनाको आइसियू र १८० को भेन्टिलेटरमा उपचार भइरहेको छ। निको हुने दर ९४.६ रहेको छ।
पछिल्लो समय नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट थप २३ को मृत्यु भएको छ।