सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा बुहविवाह मुद्दाका २ फरार प्रतिवादी समातिए

२०७८ असार २१, ०५:५४ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुर प्रहरीले दुई छुट्टाछुट्टै बहुविवाह गरेर फरार रहेकाहरुलाई पक्राउ गरेको छ। 

आइतबार कञ्चनपुरको भीमदत्त नगरपालिका–९ बस्ने पूर्णिमा राना (पाल) भन्ने पुनम राना पक्राउ परेकी हुन्। उनीलाई २०६६ कार्तिक २२ गते जिल्ला अदालतबाट १ वर्ष कैद र ५ हजार जरिमानाको सजाय सुनाइएको थियो। 

यस्तै सोही प्रकारको मुद्दामा फरार रहेका भीमदत्त नगरपालिका–१३ बडैपुर बस्ने चेतराज हमाललाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

उनीलाई जिल्ला अदालतले २०७७ फागुन २० गते १ वर्ष कैद र १० हजार जरिमानाको सजाय सुनाएको थियो। 

उक्त फैसलापछि फरार सूचीमा रहेका हमाललाई लुकीछिपी बसीरहेको अवस्थामा पक्राउ गरिएको कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताए। 

पक्राउ परेका पाल र हमाललाई पक्राउ गरी अदालतमा पेश गरेकोमा अदालतले दुवैलाई कैद भुक्तानका लागि कारागार चलान गरेको प्रहरी नायव उपरीक्षक न्यौपानेले बताए। 

कमेन्ट लोड गर्नुस