बैतडी जीप दुर्घटना : घाइते दुईजना धनगढी रेफर

बैतडी : बैतडीमा भएको जीप दुर्घटनामा घाइते भएका मध्ये दुई जनालाई धनगढी रेफर गरिएको छ। दुर्घटनामा घाइते भएका १३ बर्षीय लक्ष्मण बोहरा र १८ बर्षीय योगेन्द्र धामीलाई थप उपचारका लागि डडेल्धुराबाट धनगढी रेफर गरिएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार दुईजनाको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ भने ७ जना डिस्चार्ज भईसकेका छन्।
सिगास गाउँपालिका वडा नं ३ बाट डडेल्धुरा तर्फ गईरहेको से १ ज ७३९ नम्बरको जिप लगन भन्ने स्थानमा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो। जीप चालक खगेन्द्र साउँद र साहु हरिभान साउँदलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

