सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई मासिक दुई हजार भत्ता दिने

२०७८ असार २१, ११:१३ खबर संवाददाता

बैतडी: बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई मासिक २ हजार भत्ता दिने भएको छ। 

नगरपालिकाले यसअघि प्रतिमहिना एक हजार ५०० रुपैयाँ दिँदै आएको थियो। अब आगामी आर्थिक वर्षदेखि दुई हजार रुपैयाँ दिने निर्णय भएको उपप्रमुख राधा ओझाले बताइन्। 

नगरपालिकाले तीन वर्षअघि ५० वर्षदेखि ६० वर्षसम्मका विधुर लाई भत्ता दिँदै आएको छ। शुरुमा मासिक एक हजार भत्ता दिँदै आएकोमा गत वर्ष १ हजार ५०० रुपैयाँ पु¥याइएको थियो। 

नगरपालिकामा ८८ जना विधुरले भत्ता लिँदै आएका छन्। उनीहरुलाई आगामी आर्थिक वर्षदेखि बैंकमार्फत भत्ता दिइने उपप्रमुख ओझाले बताइन्। 

यस्तै, नगरपालिकाले टुहुरा बालबालिकाको भत्ता पनि बढाएको छ। आमा बुवा दुवै गुमाएका बालबालिकाहरुको सहयोगका लागि भन्दै तीन वर्ष यता नगरपालिकाले भत्ता प्रदान गर्दै आएको छ।

नगरपालिकामा आमाबुवा दुवै गुमाएका अहिले १९ जना बालबालिकालाई  रहेका छन्। उनीहरुको शिक्षामा सहज होस भनेर भत्ता दिने कार्य गरिएको नगरप्रमुख कृष्णसिंह नायकले बताए। 
 

कमेन्ट लोड गर्नुस