कन्चनपुरका भट्ट बैतडीमा मृत भेटिए

बैतडी: बैतडीमा एक पुरुष मृत अवस्थामा भेटिएका छन्।
जिल्लाको सिगास गाउँपालिका वडा नम्बर २ कुर्चिनेटामा उनी मृत भेटिएका हुन्। कञ्चनपुरको बेतकोट नगरपालिका ७ का ३० बर्षिय मिनराज भट्ट मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए।
आइतबार साँझ ६ बजे भट्टको मृत अवस्थामा शव भेटिएको उनले बताए। उनी कन्चनपुर बाट आयुर्वेदीक अस्पताल गाँजरीमा नियुक्ति बुझ्न बैतडी गएको बुझिएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।


