सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी जीप दुर्घटना: साहु र चालक पक्राउ

२०७८ असार २०, ०७:२१ खबर संवाददाता

बैतडी: बैतडीको सिगास गाउँपालिका ३ लगनमा आइतबार बिहान जीप दुर्घटना हुँदा फरार रहेका जिप साहु र चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ। 

दुर्घटना हुने बित्तिकै फरार रहेका जिप साहु सिगास गाउँपालिका ३ का ४४ बर्षीय हरिभान साउँद र चालक १९ बर्षीय खगेन्द्र साउँदलाई उनीहरुको घरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

दुवैजनालाई इलाका प्रहरी कार्यालयमा राखिएको र अनुसन्धान भईरहेको उनले बताए। आइतबार बिहान जिल्लाको सिगास गाउँपालिका ३ लगनखेलमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ ।

कमेन्ट लोड गर्नुस