सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा २३ ग्राम ब्राउन सुगरसहित २ जना पक्राउ

२०७८ असार २०, ०५:५८ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुर प्रहरीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ। 

आइतबार जिल्लाको भीमदत्त नगरपालिका–६ पूर्वपश्चिम राजमार्गको शिव मन्दिर नजिकबाट म२प ९८६६ नम्बरको मोटरसाइकलमा सवार भीमदत्त–९ बह्मदेवका २० वर्षीय मोहन पन्त र भीमदत्त–६ ऐठपुरका २६ वर्षीय राम साउँद पक्राउ परेका हुन्। 

उनीहरुको साथबाट २३ दशमलव २५ ग्राम लागुऔषध ब्राउन सुगर फेला पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताए। 

पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको उनले बताए।  

कमेन्ट लोड गर्नुस