कञ्चनपुरबाट ७ लाख बढी मूल्य बराबरको भन्सार छलिका सामान बरामद

कञ्चनपुर: कञ्चनपुरमा सशस्त्र प्रहरीले ७ लाख बढी मूल्य बराबरको अवैध भन्सार छलिका सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेड क्वाटर शैलेश्वरी कञ्चनपुर तथा माहतका बोडर आउटपोष्ट जिमुवा र बयलबन्दाबाट खटिएको टोलीले ती सामान बरामद गरेको हो।
भारतबाट भित्र्याउँदै गरेको अन्दाजी ७ लाख ३३ हजार २ सय २० मूल्य बराबरको बिडी, सुर्ति, चिनी, सुपारी, किटनाशक औषधि, चप्पल, साइकल, इलेक्ट्रिक समान, युरिया मल र मोटरसाइल बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐरले बताए।
बरामद सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको उनले बताए।

