सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा थप एक हजार ६०३ जनामा सङ्क्रमण पुष्टि

२०७८ असार २०, ०५:३५ खबर संवाददाता

काठमाण्डौँ: नेपालमा थप एक हजार ६०३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या छ लाख ८२ हजार ७३९ पुगेको छ। 

यस्तै पछिल्लो २४ घण्टामा चार हजार ८७६ जनाको पिसिआर परीक्षण तथा तीन हजार २५६ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण भएको हो। 

पिसिआर विधिबाट एक हजार ४२ तथा एन्टिजेनबाट ५६१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले जानकारी दिएका छन्। हालसम्म ६ लाख ९ हजार २१८ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन्। 

पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५५२ सङ्क्रमित निको भएर घर फर्किएका छन्। 


 
 

कमेन्ट लोड गर्नुस