सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्राङ्गारिक कृषि रणनीति चाँडै

। फोटो स्रोत ।
२०७५ कार्तिक १५, ०६:१५ खबर संवाददाता

कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनालले प्राङ्गारिक उत्पादनलाई प्राथमिकतामा राखेर ‘प्राङ्गारिक कृषि रणनीति’ चाँडै बनाइने बताए। नेपाल पर्माकल्चर समूहलगायत संस्थाको आयोजनामा भएको ‘प्राङ्गारिक कृषि वर्तमान अवस्था तथा भावी कार्यदिशा’ विषयको छलफलमा उहाँले सो रणनीति बनाउन विज्ञ सम्मिलित समिति चाँडो गठन गरिने बताए। मन्त्री खनालले प्रत्येक गाउँपालिकामा स्थानीय घरबाट प्राप्त हुने फोहर व्यवस्थापन गरी मलका रुपमा विकास गर्ने विषय पनि रणनीतिमा केन्द्रित गर्नुपर्नेमा जोड दिए। 
रासस

   
 

कमेन्ट लोड गर्नुस