सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी दुर्घटना : घाइतेलाई डडेल्धुरा अस्पताल ल्याइयो, दुर्घटनाको कारण अझै खुलेन

२०७८ असार २०, ०३:१० खबर संवाददाता

बैतडी: आइतबार बिहान बैतडीको सिगास गाउँपालिका ३ लगनमा भएको जीप दुर्घटनामा परी गम्भीर घाइते भएका ११ जनालाई उपचारका लागि अस्पताल ल्याईएको छ। सबै घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए। 

आइतबार बिहान १० डडेल्धुरा तर्फ आईरहेको से१ज ७३९ नम्बरको जीप दुर्घटनामा परेको हो। दुर्घटनामा परी गम्भीर घाइते भएका सिगास गाउँपालिका ३ का १८ बर्षीय योगेन्द्र धामी, १३ बर्षीय लक्ष्मण बोहरा र ४० बर्षीया गोमती साउँदलाई डडेल्धुरा अस्पताल ल्याइएको छ। 

यस्तै सिगास गाउँपालिका ३ कै २९ बर्षीय करनसिंह धामी, ४५ बर्षीय दलबीर साउँद, ४० बर्षीय चक्र धामी, ३८ बर्षीय वासमती धामी, २० बर्षीया राजेन्द्र धामी, ४७ बर्षीय कृष्ण धामी, ४० बर्षीय शेरबहादुर धामी र २० बर्षीय रविन्द्र धामी पनि घाइते रहेका र उनीहरुलाई पनि अस्पताल पठाइएको प्रहरी निरीक्षक खड्काले बताए। 

जीप चालक १९ बर्षीय खगेन्द्र साउँद र जिप साहु ४४ बर्षीय हरिभान साउँद भने फरार रहेका प्रहरीले जनाएको छ। दुर्घटनामा परी सिगास गाउँपालिका ३ का ४५ बर्षीय जयसिंह धामी, ४५ बर्षीय मानसिंह साउँद र ६४ बर्षीय रामसिंह धामीको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनाको कारण भने खुल्न सकेको छैन।
 

कमेन्ट लोड गर्नुस