कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ

२०७८ असार २०, ०३:०७
कञ्चनपुर: कञ्चनपुर प्रहरीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ।
जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरीयास्थित पूर्वपश्चिम राजमार्गबाट बा५८प ४८७८ नम्बरको मोटरसाइलकमा सवार कृष्णपुर–२ वाणी बस्ने २४ वर्षीय किशोर भण्डारी र २० वर्षीय राजेन्द्र गिरी पक्राउ परेका हुन्।
उनीहरुको साथबाट १ ग्रांम १३० मिलीग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक शिद्धराज न्यौपानेले बताए।
पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको उनले बताए।


कमेन्ट लोड गर्नुस