दार्चुला अस्पतालको ओपिडि सेवा सुचारु

२०७८ असार २०, ०१:५३
दार्चुला: जिल्ला अस्पताल दार्चुलामा बन्द रहेको ओपिडि सेवा सुचारु भएको छ। कोभिडको दोस्रो लहरका कारण दार्चुला अस्पतालको आपिडि सेवा बन्द रहेकोमा आइतबारदेखि उक्त सेवा सुचारु भएको हो।
हाल कोभिड संक्रमणको दर घटेकाले ओपिडि सेवा सुचारु गरिएको अस्पतालले जनाएको छ।
करिव दुई महिना ओपिडि सेवा बन्द रहेको थियो।
ओपिडि सेवा बन्द हुँदा बिरामीहरु मर्कामा परेका थिए।


कमेन्ट लोड गर्नुस