बैतडी दुर्घटना : मृतकको संख्या ३ पुग्यो, चालक र गाडी साहु फरार
१६ जना घाइते
बैतडीः बैतडीमा भएको जीप दुर्घटना थप एक जनाको मृत्यु भएको छ। जिल्लाको सिगास गाउँपालिका–३ बाट डडेल्धुरातर्फ आउँदै गरेको से१ज ७३९ नम्बर को जीप लगनबजार नजिकै दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा परी ३ जनाको मुत्यु भएको बैतडी प्रहरीले जनाएको छ।
दुर्घटनामा परी सिगास गााउँपालिका ३ का ६४ वर्षीय रामसिह धामी, ४५ वर्षीय मानसिँह साउद र ५० वर्षीय जय सिह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले दिनेश खबरलाई बताए। यस्तै दुर्घटनापछि चालक खगेन्द्र सावद र सवारी धनी हरिभान सावद भने फरार रहेको उनले बताए।
दुर्घटनामा अन्य १६ जना घाइते भएका छन्। अहिले प्रहरी चौकी ठाँटा र प्रहरी चौकी खोडपेबाट खटिएको प्रहरीको टोली घटनास्थल पुगेर घाइतेहरुको उद्दार गरिरहेको छ।दुर्घटनाको कारण भने खुल्न सकेको छैन।