सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी दुर्घटनामा ज्यान गुमाएका २ जनाको सनाखत, घाइतेको नाम खुल्यो

२०७८ असार २०, ११:३२ खबर संवाददाता

बैतडी: बैतडीमा जीप दुर्घटना हुँदा मृत्यु भएका दुई जनाको सनाखत भएको छ।

जिल्लाको सिगास गाउँपालिका–३ बाट डडेल्धुरातर्फ आउँदै गरेको से १ ज ७३९ नम्बरको जीप लगनबजार नजिकै दुर्घटना हुँदा सिगास गााउँपालिका ३ का ६४ वर्षीय रामसिह धामी र ४५ वर्षीय मानसिँह साउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालकले बताए। दुर्घटनामा अन्य १० जना घाइते भएका छन्।

४ जना गम्भिर घाइते छन भने ६ जनाको अवस्था समान्य छ। गम्भिर घाइते हुनेमा सिगास–३ का ४५ वर्षीय जयसिह धामी, सोही ठाँउका १८ वर्षीय योगेन्द्र धामी, १३ वर्षीय लक्ष्मण धामी र ४० वर्षीय गौमती साउद छन्।

सिगास–३ का २९ वर्षीय करनसिह धामी, सोही ठाँउका ४५ वर्षीय दलबिर साउद, ४० वर्षीय चक्र धामी, ३८ वर्षीया बाशुमती धामी, १९ वर्षीय खगेन्द्रं साउद र ४४ वर्षीय हरीभाम साउद समान्य घाइते छन्।

घाइतेहरुलाई डडेल्धुरा अस्पताल पठाउने तयारी भइरहेको छ। जीप सडकबाट ५० मिटर तल खसेको छ।

कमेन्ट लोड गर्नुस